कांग्रेसको विरोधसँगै राष्ट्रियसभा बैठक स्थगित-Sutra News

कांग्रेसको विरोधसँगै राष्ट्रियसभा बैठक स्थगित

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेसँगै राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । बिहीबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए ।



राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रमका विषयमा राष्ट्रपतिलाई धन्यवाद दिने महत्वपूर्ण कार्यसूची रहेकाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए ।

यसैबीच कांग्रेस सांसदहरूले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्नु पर्ने भन्दै उठेर विरोध गरेका थिए । कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट