गोविन्द केसीले तोडे अनसन-Sutra News

गोविन्द केसीले तोडे अनसन

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं। प्रा.डा. गोविन्द केसीले आमरण अनसन तोडेका छन् । द्वन्द्वपीडित भानुप्रताप शाहलगायतले डा. केसीलाई जुस खुवाएर अनसन तोडाएका हुन् ।



डा. केसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित विभिन्न ४ बुँदे माग राख्दै वैशाख २९ देखि अनसनरत थिए । पशुपति मृगस्थलीमा अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

डा. केसीको मुटुको चालमा समस्या देखिनुको साथै सुगरको मात्रामा समेत असन्तुलन आएको थियो । स्वास्थ्य स्थिति थप बिग्रन सक्ने देखिएपछि चिकित्सककै सुझावमा अनसन तोडेका हुन् ।

डा. केसीले अनसन तोड्दै गर्दा आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट