संसदमा सत्ता पक्ष र प्रतिपक्षीका सांसदबीच धकेलाधकेल-Sutra News

संसदमा सत्ता पक्ष र प्रतिपक्षीका सांसदबीच धकेलाधकेल

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षीका सांसदबीच धकेलाधकेल भएको छ ।



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि संसदमा धकेलाधकेलको अवस्था बनेको हो ।

रोष्टम घेरिरहेका कांग्रेसका सांसद सभामुखले बोल्नलाई समय दिएलगत्तै गृहमन्त्री लामिछानेलाई घेर्न पुगेका थिए । त्यसक्रममा सत्ता पक्षका सांसद प्रतिपक्षीमाथि प्रतिवाद गर्दै उत्रिएका थिए ।

धकेलाधकेल गम्भीर हुने देखेपछि सभामुखले संसद बैठक स्थगित गरेका छन् । बैठक शुक्रबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट