आज बृष, कन्या र मकर राशीलाई लाभैलाभ, अरु राशीको दिन कस्तो ?-Sutra News

आज बृष, कन्या र मकर राशीलाई लाभैलाभ, अरु राशीको दिन कस्तो ?

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

आज मिति २०८१ जेठ ४ गते शुक्रबार । सन् २०२४ मे १७ तारिख । नेपाल सम्बत ११४४ बछलाथ्व नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजर १३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४७ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

पराक्रम र शुभता बढ्नेछ । इर्ष्यालुजनले अवरोध गर्न खोजे पनि काममा सोचेजस्तै सफलता मिल्ने समय छ । नयाँ ज्ञान प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र आर्थिक लाभ प्राप्त हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष

रोकिएका काम सम्पादन हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा गरिएको कर्म सार्थक रहला । आज कसैसँग सामान्य विवाद हुन सक्छ, संयमित व्यवहार गर्नु हितकर होला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

शुभता र आरोग्यपन बढ्नेछ । ऋण र शत्रुमाथि विजय प्राप्त होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कुनै पनि प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी पुर्याउन सक्ने छैनन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । समग्रमा दिन राम्रोसँग बित्ने छ ।

कर्कट

व्यस्तता बढ्ने छ भने रोकिएको काम बन्ने दिन छ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वहरूबाट साथ सहयोग मिल्नेछ । समय आर्थिक पक्षको सवालमा समय त्यति बलियो नभए पनि अवस्था सवल नै रहनेछ । आजको दिन कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु लाभप्रद होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

सिंह

शुभ समाचार प्राप्त हुनेछ । अनुकुलता र आयबल बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउने समय छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

कर्मबल र सामर्थ्य बढ्ने छ । आर्थिक पक्ष सबल रहला । अध्ययन तथा अध्यापनमा पनि राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्न सक्छ, सावधानी अपनाउनुहोला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको खातिरदारीमा समय खेर जान सक्ने योग छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समाधान मिल्नेछ ।

तुला

भाग्यबल बढ्ने छ । आजको दिन पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मनोरञ्जनपूर्ण समय छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भए पनि त्यसबाट राम्रै लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । मिठो भोजन प्राप्त होला । विलासी काममा आकर्षण बढ्ने छ ।

बृश्चिक

दिनको पूर्वार्द्धभन्दा उत्तरार्द्धमा अनुकूलता बढ्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । आजको दिन मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, ठोस निर्णयको प्रयास गर्नु उत्तम हुनेछ । यात्राको योजनामा हुनुहुन्छ भने त्यति सुखद नरहला । आरोग्यता रहनेछ । आजको दिन विशेष योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

धनु

पारिवारिक सहयोग प्राप्त हुनेछ तर, आजको दिन कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग या दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । दिनको उत्तरार्द्धमा जोखिमप्रति ध्यान राख्नुपर्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर

परिणाममुखी काममा लगानीको समय छ । आजको दिन नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । आरोग्यता र साहस बढ्ला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ

आज पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन र पनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला । साझेदारीको काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट