गायक रवि ओड धरौटीमा रिहा-Sutra News

गायक रवि ओड धरौटीमा रिहा

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । प्रहरी नियन्त्रण रहेका ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । उनी पाँच लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा भएको हुन् ।



वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले बिहीबार ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट