काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।
स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ ।
महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला रु यहाँ दिइएका शीर्षकमा रहेर यहाँहरूले परिकल्पना गर्नुभएका योजना तथा सुझावहरूको विवरण २०८१ जेठ ९ गतेभित्र महानगरको हटलाईन ११८० मार्फत वा काठमाडौं महानगरमा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध गरेको छ ।