मुठभेड उन्मुख संसद्-Sutra News

मुठभेड उन्मुख संसद्

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । बिहीबारको संसद बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेलको अवस्था बन्यो । विरोधकै बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सदनमा अवस्था नियन्त्रणबाहिर जाने स्थितिमा पुगेको थियो । 



यद्यपि, दलहरूले बिहीबारको घटनालाई गम्भीर रुपमा लिएका छैनन् । बरु थप सदनलाई मुठभेडतर्फ लैजाने तयारीमा दलहरु देखिएका छन् । 

बिहीबारको सदनको घटनापछि सत्ता पक्षीय दलहरूले आफ्ना अडान नछाड्ने बताएका छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि पछि नहट्ने स्पष्ट पारेको छ । कांग्रेसले राखेको सहकारी प्रकरणमाथि छानबिनको मागलाई पूरै अस्वीकार गर्ने सत्ता पक्षको सार्वजनिक भनाई छ । 

यस्तोमा शुक्रबार बिहानैदेखि सत्ता पक्ष र प्रतिपक्ष बेग्ला–बेग्लै छलफलमा जुटिरहेका छन् । सत्ता साझेदार तीन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छलफलमा जुटेका छन् भने नेपाली कांग्रेसले पनि अन्य विपक्षी दलहरूलाई समेटेर छलफल बढाएको छ । 

कांग्रेसले राप्रपा, लोसपा, जसपा नेपाल, जनमोर्चालगायतसँग छलफल गरिरहेको छ । कांग्रेसको मागमा विपक्षी साना दलले पनि सहमति जनाएका छन् । 

यदि सत्ता पक्षले आफ्ना अडान नछाड्ने र प्रतिपक्षी दलहरू मोर्चाबन्दी नै गरेर सदनमा उपस्थित हुने अवस्था बनेमा सदनको अवस्था थप असामान्य हुनसक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट