जसको जीवन बाँचे, उनैलाई दयाहाङको सन्देश- आइ एम सरी कमरेड कोशिष !-Sutra News

जसको जीवन बाँचे, उनैलाई दयाहाङको सन्देश- आइ एम सरी कमरेड कोशिष !

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

एक समय थियो जतिबेला दयाहाङ राइले ‘म एक्टर हुँ’ भन्दा मान्छेहरु हाँस्थे । मान्छेहरुको त्यो हाँसो उनको मनमा नमिठोसँग गढेको थियो । त्यही बेला उनले अठोट लिएका थिए– ‘मान्छेहरू मलाई हेरेर हाँस्छन् भने म पनि अब त्यस्तो चरित्रहरूमा काम गर्छु जसलाई हेरेर उनीहरूले मनोरञ्जन लिन सकुन् ।’



नभन्दै उनको अभिनय करिअरको ग्राफ त्यस्तै भइदियो । ति मान्छेहरु जो उनलाई मनोरञ्जनको पात्र ठान्थे, तिनै मान्छेहरु पर्दामा उनलाई देखेर मनोरञ्जन लिन थाले । किनारामा परेका दुरदराजका मान्छेहरु उनको फिल्मको पात्र बन्न थाले । थेप्चो नाक, चिम्सो आँखा भएकालाई हिरो नस्वीकार्ने नेपाली फिल्मको परम्परागत मानक पनि उनले तोडिदिए ।

‘लुट’, ‘कबड्डी’ हुँदै रिलिज हुन आएको ‘गाउँ आएको बाटो’सम्म आइपुग्दा उनको व्यस्तताको ग्राफ यति बढेको छ कि न उनलाई सुटिङको समय मिलाउन फुर्सद छ, न हललाई उनको फिल्म लगाउन । ५० बढी फिल्ममा अभिनय गरेका र दर्जनौ हिट फिल्म दिएका दयाहाङले यो विचमा अनेक पात्रमार्फत अनेक जीवन बाँचे । ति मध्ये एउटा खास हो– कमरेड कोशिष । फिल्म ‘तान्द्रो’को क्यारेक्टर हो यो । माओवादी कार्यकर्ता गंगा बहादुर लामा उर्फ कमरेड कोशिषको जीवनको संघर्षको एउटा च्याप्टरमाथि बनेको फिल्म थियो यो । यो फिल्ममा उनले ‘दासढुंगा’को अमर लामाजस्तै एउटा रियल पात्रको भूमिका निर्वाह गरेका थिए। फिल्म मूख्यतः गंगाबहादुर लामाले नै लेखेको ‘स्मृतिका डोबहरू’ किताबको एउटा च्याप्टरमा केन्द्रित छ । पार्टीको कामका सिलसिलामा २०६० सालतिर लमजुङ तात्कालिन शाही सेनाको आक्रमणमा गोली लागेर घाइते भएपछि उनले बाँच्नका लागि गरेको ९६ घन्टाको कठिन संघर्षमा आधारित छ फिल्म ।

‘सुटिङ हेर्न आउने गाउँका स्थानीयले नै ‘धेरै रिटेक नगर्नु, भयो अब, उहाँलाई गाह्रो भइसक्याे’ भन्नुहुन्थ्यो’, दयाहाङ सुटिङको क्षण सम्झदै भन्छन्, ‘ति दृश्यहरु मलाई अझै याद छ । प्राविधिक कारणले गर्दा मलाई गोली लागेको, लडेको घिस्रेको, कुकुर आएको, फट्यांग्रासँग लडेको, भिरबाट खसेको सबै दृश्यहरु रिटेक गर्नुपरेको थियो ।’

यो फिल्ममा कमरेड कोशिष गोली लागेर घाइते भएपछिको संघर्ष दयाहाङ बाँचेका छन् । ‘उपेन्द्र सुब्बामार्फत मलाई निर्देशक साम्तेन भुटियाले यो फिल्मका लागि प्रस्ताव गरेका थिए,’ दयाहाङ यो फिल्मको पात्र निर्माणको कथा सम्झन्छन्, ‘पात्र निर्वाह गर्नुअघि पुस्तक पढेपछि मैले गंगा दाइलाई भेट्न गएँ । उहाँका जीवनका संघर्षदेखि राजनीतिक विषयमा समेत गफ भए । आफूमाथि फिल्म बन्दैछ भनेर निकै उत्साहित हुनुहुन्थ्यो उहाँ । ’

भेटका क्रममा लामाको ठूलो त्याग र संघर्षको कथा सुनिसकेपछि दयाहाङलाई उनलाई भनेका थिए, ‘दाई तपाईले बाँचेको जीवन म बाँच्न त सक्दै सक्दिनँ तर तपाईको घटनालाई नजिक राखेर म आफू बाँच्ने कोशिषचाँही गर्छु ।’

त्यसपछि दयाले दोश्रो पटक उनलाई नभेट्ने निर्णय गरेँ । फिल्मका निर्देशक साम्तेन भुटियालाई भनेँ– ‘अब म उहाँलाई भेट्दिन । भेटेँ भने म बायस्ड हुनसक्छु । पात्रप्रति धेरै माया जाग्न सक्छ । पात्रलाई सन्तुलित र न्याय दिलाउन पनि मैले भेटिरहनुहुँदैन ।’

दयाहाङ स्क्रिप्ट हातमा पर्नासाथ सबैभन्दा सुरुमा पात्रको मनोविज्ञान समात्न खोज्छन् । पात्रको राजनीतिक,मौलिक, भौगोलिक आदि पृष्ठभूमिका आधारमा आफुलाई दिइएको पात्रको मनोविज्ञान समात्ने कोशिष गर्छन् । ‘मैले अक्सर गर्ने क्यारेक्टरमा त्यसको हुलिया निर्माण भइसकेको हुँदैन,’ उनी भन्छन्, ‘पहिले पात्रको मनोविज्ञान तयार गर्छु, त्यसपछि मात्रै हुलिया निर्माण गरेको हुन्छु । खासमा पात्रको पहिरनको जिम्मा टिमलाई नै दिन्छु, त्यसको छनौटतिर म खासै रुची देखाउँदिन । ’

केहीबेरको मौनतापछि लामाको जवाफ थियो, ‘मलाई त झल्झली विगत याद आयो, साँच्चै यस्तै भएको थियो । ’ त्यसपछि दयाहाङको पुरानै कुरा दो-याएका थिए, ‘त्यस्तो होइन दाई । तपाईको जीवन त म बाँच्न सक्दै सक्दिनँ ।’

दयाहाङले ‘तान्द्रो’को सुटिङका क्रममा कुकुर, कमिला फट्याङ्गा सबैसँग अभिनय गर्नुपरेको थियो । उनका लागि त्यो साँच्चै सकसपुर्ण नै थियो। तर हिच्किचाएनन् । ‘सुटिङ हेर्न आउने गाउँका स्थानियले नै ‘धेरै रिटेक नगर्नु, भयो अब, उहाँलाई गाह्रो भइसक्नुभयो’ भन्नुहुन्थ्यो ,’ दयाहाङ सुटिङको क्षण सम्झदै भन्छन्, ‘ति दृश्यहरु मलाई अझै याद छ । प्राविधिक कारणले गर्दा मलाई गोली लागेको, लडेको घिस्रेको, कुकुर आएको, फट्यांग्रासँग लडेको, भिरबाट खसेको सबै दृश्यहरु रिटेक गर्नुपरेको थियो । घुँडामा गोली लागेपछि ज्याकेटको चेन च्यातेर खुट्टा बाँधेको सिन छ । त्यो सिनमा मैले चेन यति कडासँग बाँधेछु कि घुँडामुनि ब्लड सर्कुलेसन नै हुन सकेन । त्यतिबेला महसुस गरेँ– पक्कै गंगा दाइलाई नै यस्तै भएको थियो ।’

त्यसपछि दयाहाङलाई पात्रसँग नजिक हुन झन उर्जा मिल्यो । ‘गंगा दाईको विगत, जनयुद्धमा लाग्नुको कारण, त्यसपछिको संघर्ष साँच्चै प्रेरणादायी छ, त्यो सबै कुरा उहाँको पुस्तकमा छ । तर, यो फिल्मचाँही त्यो ९६ घटनाको एउटा घटनामाथि मात्रै बनेको थियोे ,’ दयाहाङले भने ।

फिल्म हेरेपछि दयाहाङलाई रियल पात्र लामालाई सोधेका थिए– कस्तो लाग्यो फिल्म ? केहीबेरको मौनतापछि लामाको जवाफ थियो– ‘मलाई त झल्झली विगत याद आयो, साँच्चै यस्तै भएको थियो । ’ त्यसपछि दयाहाङको पुरानै कुरा दो-याएका थिए– ‘त्यस्तो होइन दाई । तपाईको जीवन त म बाँच्न सक्दै सक्दिनँ ।’

पर्दामा जसको जीवन बाँचे, दयाहाङलाई आजसम्म एउटा पछुतो छ । त्यो के भने योे फिल्म रिलिज पछि लामाले अर्को संस्मरणिय पुस्तक निकाल्दै थियो । पुस्तकका लागि उनले भूमिका लेखिदिन दयाहाङलाई आग्रह गरेका थिए । तर, दयाहाङ लेखेनन् । ‘सायद लेखे पनि होला या लेख्न जानिनँ होला, तर उहाँलाई दिन सकिनँ,’ दयाहाङ ग्लानी महसुस गर्दै भन्छन्, ‘त्यहीकारण उहाँले मन दुखाउनुभएको जस्तो लाग्छ, सम्पर्क भएको छैन । दाईलाई यहीँबाट ‘सरी’ पनि भन्न चाहन्छु । रियल्ली आइ एम सरी, कमरेड कोशिष ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट