काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १ः१५ बजेदेखि शुरु हुने भएको हो ।
नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको बैठक बिना अवरोध चल्ने देखिएको छ ।
यद्यपि, संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ । टिओआरमा बैठक अघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ ।