काठमाडाैं । काठमाडाैं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ। महानगरपालिकाले चार वटा डोजरसहित आइतबार बिहानैदेखि उक्त क्षेत्रका अवैध संरचनाहरू भत्काउन थालेकाे हाे ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले यसअघि नै सूचना जारी गरिएअनुसार अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालिएकाे जानकारी दिए । सूचना गर्दा नभत्काइएका घर टहरमा डाेजर लगाइएकाे उनले जानकारी दिए ।
चावहिल चोकबाट गौशालातर्फ आउने सडक किनारमा अतिक्रम गरि बनाइएका घर तथा पसलहरूमा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन डोजर चलाउँदा उक्त क्षेत्रको सवारी आवागमन समेत प्रभावित बनेको छ ।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा अाएदेखि नै मेयर बालेन साहले महानगरभित्रका अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान संचालन गर्दै आएका छन् । जुन अभियानअन्तर्गत महानगरभित्रका विभिन्न ठाउँमा यसअघि पनि डाेजर चलेका थिए ।