कार्यदलको टीओआरमा अल्झिए दलहरु, संसद बैठक अनिश्चित-Sutra News

कार्यदलको टीओआरमा अल्झिए दलहरु, संसद बैठक अनिश्चित

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमति भएपनि छानबिन समितिको क्षेत्राधिकारको विषयमा दलहरुबीच पेचिलो अवस्था बनेको छ । क्षेत्राधिकारको विषयमा सहमति खोज्न बिहानैदेखि कार्यदलको बैठक बसेपनि हालसम्म सहमति जुट्न सकेको छैन ।



कार्यदलमा सहमति नबनिरहेका बेला नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले सभामुख देवराज घिमिरेलाई भेटेर कार्यदलको टिओआरमा सहमति नजुट्दासम्म बैठक नबसाउन आग्रह गरेको छ । जुन आग्रहसँगै बैठक अनिश्चित बनेको हो ।

कार्यदलको क्षेत्राधिकार कहाँसम्म हुने भन्ने विषयमा सहमति खोज्न हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको छ ।

शनिबार सत्तापक्ष र प्रतिपक्षबीच सहकारी प्रकरणमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमतिअनुसार दलहरुले चार सदस्यीय कार्यदल गठन गरेका थिए ।

एमालेका नेता तथा कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलमा कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

सहमति जुट्न नसकिरहेका बेला कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट