काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित एक जना पक्राउ गरेको छ । बाँके कोहलपुर नगरपालिका १२ घर भएका ३२ वर्षीय सचिन रानालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले ना ५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, बाँकेको खजुरा गाउँपालिका ३ एक नम्बर बजारबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ पाँच सय मिलिग्रामसहित तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।