काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सभामुखलाई नयाँ दल जनता समाजवादी पार्टी (जसपा)का सात सांसदलाई कारवाही गरेको जानकारी दिएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रञ्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन् ।
हाल सर्वोच्च अदालतले नयाँ दल जसपालाई यथास्थितिमा दिन अन्तरिम आदेश दिएको उल्लेख गर्दै यादवले कानूनमा नभएको व्यवस्था प्रयोग गरेर निर्वाचन आयोगले दल दर्ता गरिदिएको उल्लेख गरेका छन् ।
साथै, पत्रमा सात सांसदको सदस्यता रिक्त भएको र सर्वोच्चको आदेशअनुसार पनि उनीहरूलाई प्रधानमन्त्रीले लिने विश्वासको मतसहित प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा सामेल नगराउन ध्यानाकर्षण गराएको छ ।