काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई स्पष्ट पार्न आग्रह गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै उनले उनले कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गरेका हुन् । ‘अघिल्लो रात प्रधानमन्त्रीको अफर गर्नेले पछिल्लो दिन संसद् अवरोध गर्यो, कांग्रेस सभापतिलाई मेरो आग्रह छ- यहाँ आएर यसबारे प्रष्ट पारिदिनु होला,’ उनले भने ।
‘किसुन जी र गणेशमान जीको पार्टी यस्तो अलोकतान्त्रिक हुन्छ ? लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ ?,’ उनले थपे, ‘यो कुन अभ्यास हो ? किसुन जी र गणेशमान जीको कांग्रेस लोकतन्त्रको यो कस्तो अभ्यास हो ?’