विपक्षीको अवरोधपछि संसद बैठक स्थगित-Sutra News

विपक्षीको अवरोधपछि संसद बैठक स्थगित

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरुले रोष्ट्रम घेराउ नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।



सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफल गर्ने तयारी छ । तर, विपक्षी दलहरुको अवरोधसँगै उक्त कार्यक्रम प्रभावित हुने देखिएको छ ।

कांग्रेससहितका विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । विपक्षी दलहरुले छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट