कामठाडौं । सभामुख देवराज घिमिरेले विपक्षीको नाराबाजीकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत लिने प्रक्रियालाई अघि बढाएका छन् ।
यसअघि बसेको बैठक विपक्षीको नाराबाजी पछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थगित गरिदिएका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । दलहरुले समिति गठन नगरी सदन सञ्चालन सहयोग नगर्ने अडान लिएका छन् ।
प्रधानमन्त्रीको पक्षमा उनी आबद्ध माओवादी केन्द्रसहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, जनमत पार्टीलगायतले मत दिने निर्णय गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले यो चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
१७ महिनाअघि २०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले पहिलो पटक सोही महिनाको पुस २० गते विश्वासको मत लिएका थिए ।
एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोही वर्षको चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए ।
नेपाली कांग्रेससहितको गठबन्धन भंग भएसँगै प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए ।
अहिले जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् ।