कांग्रेसलाई प्रचण्डको धम्की- संसद अवरोधको मूल्य चर्को पर्ने छ-Sutra News

कांग्रेसलाई प्रचण्डको धम्की- संसद अवरोधको मूल्य चर्को पर्ने छ

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा संसद अवरोध गरेको घटनामा नेपाली कांग्रेसलाई मूल्य चर्को पर्ने धम्की दिएका छन् ।



प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यो मूल्य चर्को पर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘तपाईंहरुले बहुत गलत गर्नु भयो भन्ने मलाई लागेको छ, नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक तपाईंहरुलाई साथ दियो, त्यो प्रधानमन्त्रीलाई संविधानअनुसार विश्वासको मत दिन नदिएर तपाईंहरुले नराम्रो उदाहरण प्रस्तुत गर्नु भयो, आजको तपाईंहरुको यो गतिविधि राम्रोसँग कलंकको रुपमा स्थापित हुने छ ।’

यसअघि सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र कांग्रेसलाई पनि बोल्न दिनु पर्ने माग राख्दै आएको थियो ।

तर, सभामुख देवराज घिमिरेले कांग्रेसलाई संसदमा बोल्न बन्देज गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट