काठमाडौं । नेपाली कांग्रेसले फेरि संसदीय दलको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएलगत्तै कांग्रेसले बैठक बोलाएको हो ।
बैठक साढे १ बजे संघीय संसद भवनको ल्होत्से हल नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकले प्रधानमन्त्रीको विश्वासको मतपछि विकसित राजनीतिक घटनासहित समीक्षा र भावी रणनीति तय गर्ने जनाइएको छ ।
यसअघि बिहान बसेको संसदीय दल बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको बटमलाइन जारी राखेको थियो ।