काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा सभामुख नदेखेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकपछि टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चीरहरण गरेको अध्यारो चित्र मात्र देखेको उल्लेख गरे ।
उनले भनेका छन्, ‘संसदमा आज सभामुख देखिनँ, देखिरहेको छु– रबर स्ट्याम्प, बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।