कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी-Sutra News

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।



शुक्रबार जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हाे ।

अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पक्राउ पुर्जी जारी गरिएकाे पुष्टि गरे ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

महतोले सिरोहियाविरूद्ध १६ वैशाख २०८१ मा प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट