संसदमा कांग्रेसको अवरोध जारी, प्रधानमन्त्रीले पेश गरे धन्यवाद ज्ञापन-Sutra News

संसदमा कांग्रेसको अवरोध जारी, प्रधानमन्त्रीले पेश गरे धन्यवाद ज्ञापन

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफ्नो अवरोध जारी राखेको छ ।



सहकारी ठगीको विषयमा सहमति नबनेसम्म कांग्रेसले संसद्‍मा अवरोध कायम राख्ने स्पष्ट पार्दै आएको छ । यसैबीच मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेको हो ।

कांग्रेसको अवरोधबीच सभामुखले सभालाई अघि बढाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्‍मा टेबल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट