आरजुको चेतावनी- मैले टीकापुरमा ५० हजारमा जग्गा किनेको हो, फाइल हेर्न सक्नु हुन्छ-Sutra News

आरजुको चेतावनी- मैले टीकापुरमा ५० हजारमा जग्गा किनेको हो, फाइल हेर्न सक्नु हुन्छ

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।



प्रतिनिधिसभा बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टीकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् ।

पार्टी सभापति शेर बहादुर देउवा पत्नीसमेत रहेकी उनले भनिन्, ‘जे–जे छ, सबै फाइल खोलेर देखाउनु, मैले टीकापुरमा ५० हजारमा किनेको हो, सबैले हेर्न सक्नु हुन्छ, सबै कागजात हेर्न सक्नु हुन्छ ।’

उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट