काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् ।
राउतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो प्रतिशोधपूर्ण रहेको बताएका हुन् ।
‘कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राऊ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो, रवि जी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्,’ उनले भने ।