आज केही स्थानमा चट्याङ्गसहित वर्षा हुने-Sutra News

आज केही स्थानमा चट्याङ्गसहित वर्षा हुने

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौं । हाल नेपालमा स्थानीय्, पश्चिमी वायु र बिहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।



हाल देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशीलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशलगायत देशको पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति कोशी र मधेस प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै बाँकी पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट