आज कन्या, बृश्चिक र कुम्भ राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज कन्या, बृश्चिक र कुम्भ राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

आज मिति २०८१ जेठ ९ गते बुधबार । सन् २०२४ मे २२ तारिख । नेपाल सम्बत ११४४ बछलाथ्व चर्तुदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । तथापि, दोधारको अवस्था सिर्जना हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । आत्मीयजनसँग भेटघाट होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य सताउन सक्छ । प्रेमभाव बढ्नेछ । यात्रा सफल रहनेछ । मान वृद्धिको योग छ ।

बृष

आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, तसर्थ बोली र व्यवहारमा नियन्त्रण राख्नु हितकर होला । प्रयोग गर्दै आएको भौतिक साधनमा खराबी आउन सक्ने योग छ । यसका बाबजुद नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुने समय छ । मित्रजनको साथ सहयोग प्राप्त हुनेछ ।

मिथुन

समय शुभदायी छ । नयाँ कामको प्रस्ताव आउनेछ भने विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले नसोचेको अवसर दिलाउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मान महत्व बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट

पहिलेको सफलताले थप हौसला जगाउने दिन छ । रचनात्मक काम सुरु होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने छ भने कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आरोग्यता बढ्ने छ । रसरागमा आकर्षण रहला । आफ्नै बल विवेकले काम बन्ने छ ।

सिंह

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने योग छ । आजको दिन खर्चको मात्रा भने बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । रसरागमा आकर्षण रहला । नयाँ काममा सफलता मिल्नेछ ।

कन्या

जटिल काम सम्पादन हुनाले उत्साह बढ्ने छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसम्पादन हुनेछ । पहिलेका कमी–जोरीलाई सुधार्ने मौका मिल्ला । हासविलास, खेलकुद र भ्रमणप्रति आकर्षण बढ्ने छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

व्यस्तता बढ्ने छ । प्रशंसकहरू बढ्ने छन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । अनुकूलता वृद्धि हुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक

शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । तथापि, परिवारमा असमझदारी बढ्न सक्छ । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउने छ ।

धनु

समय अलिक चुनौतीपूर्ण छ । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनु हितकर होला । प्रतिकुलताका बाबजुद सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । रसरागमाआकर्षण बढ्नेछ ।

मकर

प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउने समय छ । आर्थिक पक्ष सुदृढ होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त होला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ

मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले पनि राम्रै साथ दिनेछन् र काममा सफलता मिल्नेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन

समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइने दिन छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । आजको दिन बोलीको प्रभाव भने बढ्नेछ । बिग्रन लागेको काम बोली र व्यवहारबाटै नियन्त्रणमा राख्न सकिनेछ । आज कतै यात्रा हुन सक्छ, तर अनावश्यक यात्रालाई टार्नु नै बेस होला । मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्तिको योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । भय र भ्रम हट्नेछ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट