काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थप गर्न धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
उनलाई अदालतमा पेश गर्ने भएसँगै आसपासको सुरक्षा व्यवस्था कडा बनाएको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो । अदालत जाने सडकमा प्रहरीले घेरा हालेको थियो ।
नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि उनलाई काठमाडौंको आफ्नै कार्यालयबाट पक्राउ गरिएको थियो ।