सिरोहिया पक्राउ परेपछि प्रधानमन्त्रीले भने- बढ्ता हल्ला गर्नु आवश्यक छैन-Sutra News

सिरोहिया पक्राउ परेपछि प्रधानमन्त्रीले भने- बढ्ता हल्ला गर्नु आवश्यक छैन

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउमा बढी हल्ला गर्न आवश्यक नभएको बताएका छन् ।



पत्रकारसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने प्रतिक्रिया दिए । उनले भने, ‘यो अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया मैले बुझेको छु, बढ्ता हल्ला गर्नु आवश्यक छैन ।’

यसैबीच उनले सरकारले रिसिबी साँधेको भन्ने कुरा गलत भएको टिप्पणी गरे । उनले थपे, ‘त्यो गलत हो, उहाँसँग किन रिसिबी ?’

गृहमन्त्री व्यक्तिगत रूपमै आउनु भयो भन्ने छ नि ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो, उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ, त्यो हल भइहाल्छ ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध समाचार लेखेका कारण सिरोहियालाई पक्राउ गरिएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट