उमेरअनुसार तपाईको शरीरमा चिनीको स्तर कस्तो हुनुपर्छ ?-Sutra News

उमेरअनुसार तपाईको शरीरमा चिनीको स्तर कस्तो हुनुपर्छ ?

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१

मधुमेह एक निकै जटिल रोग हो, यो एक पटक कसैलाई लागेमा यसले उसलाई जीवनभर छाड्दैन । यस राेगकाे आजसम्म वैज्ञानिकहरूले ठोस उपचार पत्ता लगाउन सकेका छैनन्।



केही दशकअघि ४०–४५ वर्षभन्दा माथिका मानिसहरु यो रोगबाट ग्रसित हुने गरेको भए पनि अहिले नवजात शिशु र युवाहरु पनि यसको सिकार हुन थालेका छन् । रगतमा चिनीको मात्रा नियन्त्रण बाहिर जाँदा यो रोग झन् खतरनाक हुन्छ ।

मधुमेहले आँखा कमजोर हुने, उच्च रक्तचाप, मुटुको रोग, मृगौला रोग जस्ता अन्य धेरै रोगलाई जन्म दिन्छ । यस्तो अवस्थामा शरीर बिस्तारै कमजोर हुन थाल्छ । यद्यपि, तपाईले उचित आहार र उचित व्यायामको माध्यमबाट मधुमेहको जोखिमलाई पनि कम गर्न सक्नुहुन्छ।

उमेर अनुसार चिनीको मात्रा कति ?

-यदि तपाईको उमेर १८ वर्षभन्दा बढी छ भने, खाना खाएको एक वा दुई घण्टापछि 140 मिलिग्राम प्रति डेसिलिटर (mg/dL) हुनुपर्छ। यदि तपाइँ उपवास गर्दै हुनुहुन्छ भने 99 mg/dL रहनु उपयुक्त मानिन्छ । यदि यो भन्दा बढी चिनी बढ्यो भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । अन्यथा, स्वास्थ्यमा जोखिम पर्न सक्छ।

-यदि तपाइँ ४० वर्षको हुनुहुन्छ भने तपाइँले नियमितरूपमा रगत जाँच गराउनुपर्छ किनभने यो उमेरमा मधमेहकाे जोखिम धेरै हुन्छ। ४० देखि ५० वर्ष उमेरका मानिसहरूका लागि उपवासमा चिनीको मात्रा ९० देखि १३० एमजी/डेसीएल हुनुपर्छ, खाना खाएपछि यो स्तर १४० मिलीग्राम/डेसीएलभन्दा कम हुनुपर्छ र बेलुकाको खानापछि १५० मिलिग्राम/डिएलसम्म हुनुपर्छ।

कसरी नियन्त्रण गर्ने ?

यदि तपाईलाई मधुमेह छ भने तपाईको रगतमा भएकाे चिनीको स्तरलाई कुनै पनि हालतमा नियन्त्रण गर्नुपर्छ। यसका लागि तपाईले शारीरिक गतिविधि बढाउन सक्नुहुन्छ । यदि तपाईले दैनिक हिँड्ने बानी बनाउनुभयो भने यो स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ। जहाँसम्म आहारको सवाल छ, तपाईले सकेसम्म तेलयुक्त खानेकुरा, मिठाई र प्रशोधित खानेकुराबाट टाढा रहनुपर्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट