राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट : संसद गतिरोध अन्त्यकाे उपायबारे छलफल-Sutra News

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट : संसद गतिरोध अन्त्यकाे उपायबारे छलफल

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएकाे छ । शुक्रबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हाे ।



भेटवार्ताकाे क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच संसद्मा जारी गतिरोधबारे छलफल भएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले संसद्मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट