सदन बस्नुअघि देउवाकाे कार्यकक्षमा विपक्षी दलको बैठक-Sutra News

सदन बस्नुअघि देउवाकाे कार्यकक्षमा विपक्षी दलको बैठक

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१
फाइल तस्बिर ।

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सदनमा रहेका विपक्षी दलहरूको बैठक बसेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरूको बैठक बसेको हाे ।



विपक्ष दलहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाे सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएका छन् । दलहरूले सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर पनि प्रश्न उठाएका छन् ।

कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्नेबारे राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलसँग छलफ गरेकाे हाे ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्ष सहमत भएपनि कार्यादेशका विषयमा दलहरूबीच सहमति जुटेकाे छैन । कार्यदलको बैठक पनि बसिरहेकाे भएपनि सहमतिमा पुग्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट