कार्यदलमा कांग्रेस लचक, सहमतिको सम्भावना बढ्यो-Sutra News

कार्यदलमा कांग्रेस लचक, सहमतिको सम्भावना बढ्यो

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडौं । सहकारी प्रकरणबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन बनेको कार्यदलभित्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लचक देखिएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्नुपर्ने अडानलाई छाडेको छ ।



यद्यपि, कांग्रेसले लामिछाने जोडिएका सहकारी संस्थाको नाम भने लेख्नुपर्ने प्रस्ताव राखेको छ । कार्यदलका सहभागि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएअनुसार नयाँ प्रस्तावबारे दलहरुभित्र छलफल गरेर पुनः कार्यदलको बैठक बस्ने सहमति बनेको छ ।

“आज कांग्रेस थप लचक भएर आएको छ, उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔँ भन्ने ढंगको प्रस्ताव आएको छ”, कार्यदलभित्रको छलफलबार सञ्चारकर्मीसँग बर्तौलाले भने, “रवि माननीयज्यू जोडिएको सहकारीको कुरा के हो भन्ने छानबिन गर्नका लागि नयाँ प्रस्ताव आएको छछ। यस्तै परे उता सदन चल्दैगर्दा हामी यता छलफलमा बस्न सक्छौँ।”

कांग्रेसको पछिल्लो प्रस्तावसँगै कार्यदलभित्र छानबिन समितिको टिओआरमा सहमति जुट्ने सम्भावना बढेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै लगातार संसद अवरोध गर्दै आएको छ । कांग्रेसको मागअनुसार समिति बनाउन सत्ता पक्ष पनि सहमत भएपनि समितिको टीओआरका विषयमा हालसम्म निष्कर्ष निस्किसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट