काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोल्न माग राख्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
सभामुखले अर्को बैठक जेठ १३ गतेका लागि बोलाएका छन् ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ । कांग्रेसको मागमा दलहरु सहमत भएपनि छानबिन समितिको टिओआरमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।