कृत्रिम हात उत्पादन गर्ने संस्था ई-नेबल नेपाललाई सिटिजन लाइफकाे सहयाेग-Sutra News

कृत्रिम हात उत्पादन गर्ने संस्था ई-नेबल नेपाललाई सिटिजन लाइफकाे सहयाेग

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१

काठमाडाैं । कृत्रिम हात उत्पादन गर्ने संस्था ई–नेबल नेपाललाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ४ लाख सहयोग गरेको छ।



कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुधबार इ–नेबल नेपालको कार्यालयमा ४ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको जनाएकाे छ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालद्वारा इ–नेबल नेपालका अधक्ष्यसुरेन्द्र श्रेष्ठ र महासचिब दिनेश राज भण्डारीलाई चेक हस्तान्तरण गरिएको थियो।

कम्पनीको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरूलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केही मद्दत हुने अपेक्षा राखेको कम्पनीले जनाएको छ।

ई–नेबल नेपालको स्थापना सन २०१८ सालमा भएको हो। यस संस्थाले विगत ६ वर्ष देखी घम् प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हातको उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपाङ्गता भएका बालबालिकाहरूलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट