काठमाडौं । हाल नेपालमा स्थानीय वायुको मात्रै आंशिक प्रभाव रहेको छ ।
जसका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान तथा देशका बाँकी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।
गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भागको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।