फिल्म क्षेत्रमा चकलेटी अभिनेताको परिचय बनाएका प्रदीप खड्का पछिल्लो समय गम्भिर मुद्दामा बनेको फिल्मको पात्रमा केन्द्रीत भई अभिनय गरे । अभिनेताको जीवनशैली, लबाईखबाई, सवारी साधन आदि सधैँ दर्शकको चासोको विषय रहन्छ । अहिले ‘पुजार सार्की’मा दलित पात्रको भूमिका निर्वाह गरेका उनै प्रदीपको रूचीबारे सुत्रन्यूजकी अमिसा रिसालले गरेको कुराकानीः
कुन ब्राण्डको कपडा प्रयोग गर्नु हुन्छ ?
यो प्रश्न गलत मान्छेलाई सोधियो किनकी मलाई मन पर्ने र नपर्ने भन्ने छैन । म यस्तो मान्छे हो कि मेरो रोजाई भन्ने चिज नै छैन । त्यसले ‘मेण्टल्ली पिस अफ माइण्ड’लाई हटाउँछ जस्तो लाग्छ । मेरो केही फेवरेट चिज भए, त्यसको विपरीत कुराले तनाव देला जस्तो लाग्छ । म त जसले जे दिन्छ त्यसलाई स्वीकार गर्ने व्यक्ति हो ।
तर, पहिले चाहिँ लुगा के लाउने ? कस्तो लाउने ? भन्ने कुरामा ध्यान दिन्थेँ । पछि चाहिँ मैले कतै पढे कि मार्क जुगर्वकले ग्रे टिसर्ट लाउने । त्यो किन गर्या भन्दा– आज के लगाउने भनेर सोच्दा समय खेर जाने रैछ । अनि मैले पनि सोचेँ मेरो पनि समय बबार्द भइराछ । मेरो पनि त अरु कामहरु छ, भन्ने सोच आयो त्यहाँदेखि मैले पनि लुगाको टेनसन लिन छोडिदिएँ ।
यो सबै आत्मविश्वासमा भर पर्ने कुरा हो । परिस्थितिअनुसार फरमल कार्यक्रममा फरमल र इनफरमलमा इनफरलमा लगाउन सकिन्छ होला, नभए त्योबाहेक अन्य कुरामा म त्यस्तो दिमाग लगाउँदिन ।
घडी, चश्मा, जुत्तामा कतिको शोख छ ?
पहिला थियो । घडी चश्माको धेरै शोख थियो । त्यो चिजहरु पनि अहिले हराएर गयो । झन फिल्मतिर लागिसकेपछि मेरो त जागिर नै लुगा फेर्ने र लाउने भयो नि त । त्यसैले ती कुराहरुले खासै मेरो ध्यान केन्द्रीत गर्दैन । तर, रुगबोसको परफिउम प्रयोग गर्छु । त्यो चाहिँ व्यक्तिगत रुपमा मलाई मन पर्छ ।
कानमा टपहरु लगाउन कत्तिको सौखिन हुनुहुन्छ ?
मेरो दुईतिरै कान बच्चामा छेडेको हो । बीचमा बुचियो । तर, एक समय म पङ्कको फ्यान भएँ । पङ्क पूरै स्पाइली, काँडा लाउने । हातमा कालो कालो ब्याङहरु, कालो लुगा लाउने । गाजल लाउने त्यो बेला मैले फेरि कान छेडेको थिएँ । कालो टप लगाउन तर त्यो फेज अहिले कटिसक्यो ।
तपाईले लगाएको अहिलेसम्मको महङ्गो ड्रेस ?
मैले त लुगा नकिनेको धेरै भयो । अहिले लगाएको लुगा पनि न्याकेड एक्सप्रेस हो । जसको म ब्राण्ड एम्बेस्टर हुँ । राइनोको लेदर ज्याकेटमा पनि ब्राण्ड एम्बेस्टर हुँ । मैले ए्याड गरेकैबाट यति धेरै आउँछ लुगा त्यसैले म किन्दिनँ । अर्को भनेको फिल्म सुटिङ भइरहेको हुन्छ । त्यहाँबाट पनि लुगा आउँछ । त्यसैले म लुगाहरु खासै किन्दिनँ । मेरो इन्टरभ्यू हेर्नु भयो भने पनि त्यस्तो धेरै कन्सियस त देखिन्न । महङ्गो भनेको तै सुट होला । त्यही पनि १०-२० हजारको । त्योभन्दा खासै केही छैन ।
तपाईले लगाएको सस्तो लुगा ?
एक त लुगामा जसले महङ्गो पैसा हाल्छ–त्यो किन हाल्छ जस्तो लाग्छ । मलाई त सबै एउटै लाग्छ । यसको क्वालिटी यस्तो छ भन्छन् । तर, त्यो क्वालिटी म छुट्याउनै सक्दिनँ । सस्तो भनेको सय, दुई सय या पाँच सयको पनि हुन सक्छ । तर मङ्गगो चाहिँ त्यस्तो केही छैन । सायद गिफ्टहरु होला । तर, त्यसको मूल्य मलाई थाहा छैन ।
जुत्ताको कति कलेक्सन छ ?
छैन, छैन त्यस्तो । म त कुनै चिज मन परुनजेल त्यो पुरानो नहुँदासम्म लगाइरहन्छु । त्यसैले मेरो जुत्ता पनि त्यति धेरै छैन । मलाई त्यो म्याचिङ लाउनु पर्छ भन्ने नि छैन । मैले देखेको भनेको जुत्ता छ । लगाउँदा पार्टी सुज र जिन्स लाउँदा क्याजुवल सुज लगाउनु पर्छ । त्योभन्दा बढी म छुट्याउन सक्दिनँ ।
मेकअपमा ?
मेरो एउटा ड्रोमाटोलोजिस्ट हुनुहुन्छ । जोसँग म रेगुलर चेकअपका लागि जान्छु । उहाँले सल्लाह दिएको एकदमै ननपपुलर सनस्क्रिनहरु छ । जुन म रेगुलर लगाउँछु । मैले पहिला लाउँदिन थिएँ । बीचमा गएर चाहिँ हेयर र स्क्रिन अलिकति ड्यामेज भएको जस्तो महसुस भयो । त्यसपछि चाहिँ मैले हेयर सप्लिमेन्ट, स्क्रिन सप्लिमेन्ट अनि मोस्चराइजर रेगुलर प्रयोग गर्छु । तर, त्यो चाहिँ डाक्टरको सल्लाह अनुरुप हो कमरसियल हैन ।
अहिले कुन मोबाइल प्रयोग गरिरहनु भएको छ ?
(मोबाइल देखाउँदै) यो सायद आइफोन १३ पल्स होला । त्यसपछि फोटिन फिपटिन आयो मैले किनिनँ । किनभने सेम मोडल छ । त्यसैले मलाई अरुको आवश्यकता नभएकाले त्यसैमा अड्किराछु ।
अहिले कुन गाडि चढिरख्नु भएको छ र ड्रिम कार कुन हो तपाईको ?
अहिले हुन त मैले नेटाभीको विज्ञापन गर्छु । र, मलाई मन परेको चाहिँ नेटाको एक्स अलिक लार्ज साइजमा आउँदै छ । जसमा मलाई इन्टे«स छ । चड्न त अहिले मैले नरमल एसयुई चढिराछु ।
तपाईले चढेको पहिलो साधन ?
मेरो घरबाट किनिदिनु भएको थियो बाइक । टुइडर ।
बैँक त सायद प्रभु नै होला ?
पैला त अकाउण्ट अरुमा नै खोलेको थिएँ । तर, अहिले त प्रभुमा मात्र छु ।
कहिले काहीँ पैसा नबोकेर गाह्रो परेको घटना छ ?
छ, छ, धेरै चोटी त्यस्तो भएको छ । अब यही भन्ने चाहिँ याद आएन । तर, खाएको हजार पन्ध्र सयको बिल क्यास नभएर अड्केको छ । तर, छोडिदिनु हुन्छ । त्यस्तो समस्या त हुँदैन । मोबाइल बैँकिङ म मात्र भर परेर समस्या धेरै आएको छ । विशेष गरी ट्राभल गर्दा गाडीको केसमा परेको छ । इण्डियामा हुँदा धेरै पटक त्यस्तो समस्या आइपरेको छ ।
जीवन बीमा गर्नु भएको छ ?
छ, मेरो प्रभु लाइफ इन्सुरेन्समा छ । मेरो इन्सुरेन्स त्यो पनि प्रभु ग्रुपकै प्याकेज हो ।
बीमा गर्नै पर्छ भन्ने लाग्छ ?
बीमा गर्दा राम्रै हुन्छ जस्तो लाग्छ मलाई । किनभने सेभिङ पनि हुँदै जान्छ । देशको इकोनमीलाई पनि बुस्ट गर्छ । हेल्थ पनि सेक्युर हुन्छ । बिजनेश गर्नु हुन्छ भने पनि राम्रो हो, नभए व्यक्तिगत इन्सुरेन्स गरेको पनि राम्रै हो ।
शेयर बजारमा आबद्व हुनुहुन्छ ?
म अलिअलि इन्ट्रेस्टेड थिएँ । तर, अहिले समय छैन ।
तपाईं ‘फुड लभर’ हो ?
छैन, छैन । १२ वर्ष त भेजिटेरियन थिएँ । सुटिङमा आइसकेपछि कन्ट्रोल हुन नसके पनि अहिले सक्दो भेजिटेडियन नै खोज्छु । पहिला त झन चाउचाउ अण्डा केही नखाने शुद्व भेजिटेडियन थिएँ । त्यसैले खानेकुरामा मलाई त्यस्तो लगाब छैन ।
फभरेट ड्रिङ्गस ?
यस्तो मन पर्ने भन्ने छैन । आफूले ए्याड गरेका पेप्सीहरु छन् । जुन अलि अलि खान्छु । नभए अन्य म त्यस्तो ड्रिङ्गस गर्ने मान्छे हैन ।
जीवनको पहिलो कमाई ?
हजार हो कि दुई हजार आउँथ्यो । त्यो मैल नेपाल टिभीमा ७-८ मा पढ्दा एउटा कार्यक्रम चलाउँथेँ । भुराभुरीको हल्ला खल्ला भन्ने त्यसमा चकचके भन्ने सेगमेन्ट आउँथ्यो । मैले मान्छेलाई प्रायाङ्क गर्नु पथ्र्यो । अनि, त्यसको पर एपिसोडको पैसा आउँथ्यो ।
कुन फिल्मबाट कम पैसा आएको छ ?
त्यो त मैले प्रेम गीत गर्दा एक लाख मात्र पाएको हो । त्योभन्दा अगाडि स्केप गर्दा पैसा पाइएन । उल्टै आफैले हाल्नु परेको थियो । त्यो फिल्म २०-२५ लाखको थियो । जसमा तीन चार जना मिलेर जसले जति सक्छ त्यति लगाइयो ।
अहिलेसम्म कुन फिल्मबाट धेरै पैसा पाउनु भएको छ ?
यस्तो छ । प्रेम गीत २ रिलिज पछाडि शेयरमा गरेको भएकाले गाडी दिनुभएको थियो । ५०-५५ लाखको थियो । त्यो एउटैबाट मात्र नभएर प्रेम गीत २ र ३ गरेर त्यस्तै ४० देखि ४५ सम्म पाएँ होला