आईपीएलपछि हार्दिकको जीवनको चर्चा सुरु, श्रीमतीसँग डिभोर्स गर्दै-Sutra News

आईपीएलपछि हार्दिकको जीवनको चर्चा सुरु, श्रीमतीसँग डिभोर्स गर्दै

शनिबार, १२ जेष्ठ २०८१

शनिबार, १२ जेष्ठ २०८१

काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्ने क्रम जारी रहेको छ । यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि चर्चामा रहेका उनको प्रदर्शन यस सिजनमा सोचेअनुसार हुन सकेन ।



यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो । हार्दिकलाई कप्तान बनाएको मूल्य मुम्बई इण्डियन्सले पनि चुकायो । यस सिजनको आईपीएलमा पुछारमा रहँदै सिजन समाप्त गरेको मुम्बईमा पुनः आगमन हार्दिकका लागि ब्याक फायर बन्यो ।

यस सिजनमा न त उनको व्यक्तिगत प्रदर्शन राम्रो रह्यो, न त उनले टिमलाई नै जितको लागि प्रेरित गर्न सके । अब आईपीएलबाट बाहिरिएपछि हार्दिकको निजी जीवन चर्चामा रहेको छ ।

उनको पत्नी नतासा स्टानकोभिकसँगको सम्बन्ध राम्रो नभएको र यो जोडी डिभोर्सको तयारीमा रहेको दाबी गरिएको छ । रेडिटमा गरिएको एक पोष्टमा दुवैले डिभोर्स गर्ने तयारी गरेको दाबी गरिएको छ । यस पोष्टलाई उदृत गर्दै भारतीय मिडियाले पनि यसलाई निकै प्राथमिकता दिएका छन् ।

नताशाले यसअघि सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि पाण्डेय राखेको र हालै हटाएपछि पनि अड्कलबाजी बढेको बताइएको छ । सामाजिक सञ्जाल र मिडियामा नतासाले हार्दिकको ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा समेत चलिरहेको छ ।

केही दिनदेखि इन्टरनेटमा चलिरहेको यो खबरबारे हार्दिक र नतासाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । नताशा सर्बियन मोडल र अभिनेत्री हुन् । उनीहरूको एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट