तिनाउ नदीमा डुबेर १७ वर्षीय युवकको मृत्यु-Sutra News

तिनाउ नदीमा डुबेर १७ वर्षीय युवकको मृत्यु

शनिबार, १२ जेष्ठ २०८१

शनिबार, १२ जेष्ठ २०८१

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।



नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

साथीहरुसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

भुषाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट