सहकारी प्रकरण- कार्यदलले तयार पारेको कार्यविधि तय गर्न शीर्ष नेताहरू बैठकमा-Sutra News

सहकारी प्रकरण- कार्यदलले तयार पारेको कार्यविधि तय गर्न शीर्ष नेताहरू बैठकमा

शनिबार, १२ जेष्ठ २०८१

शनिबार, १२ जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडौं । सहकारी ठगीको विषयमा छानबिन समिति बनाउन शनिबारको कार्यविधि तय गर्न बसेको बैठक सहमति नजिक पुगेको छ ।



कार्यदलको सदस्यसमेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजको बैठक सहमति नजिक पुगेको हो ।

‘आजको बैठक सकारात्मक भएको छ, यसलाई अन्तिम टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग बस्न कार्यदलका सबै सदस्य बालुवाटार जाँदै छौँ,’ उनले भने, ‘कार्यदलले गरेको प्रगति त्यहाँ राख्ने छौँ, कार्यदल जहाँबाट गठन भएको थियो, त्यहाँ पुगेर फिनिसिङ गर्छौं ।’

सहकारीको रकम अपचलनबारे लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन माग गर्दै आएको थियो । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कार्यदलले कार्यादेश टुंगोमा पुग्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट