आज यी चार प्रदेशमा वर्षाको सम्भावना-Sutra News

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।



जसका कारण गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भागका थोरै स्थानमा, लुम्बिनी प्रदेशको तराई भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थानमा चट्याङ्ग र हावा हुरीसहित वर्षा तथा मधेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट