साताको पहिलो दिन तपाईंको दिन कस्तो, कस्को राशिफलमा के छ ?-Sutra News

साताको पहिलो दिन तपाईंको दिन कस्तो, कस्को राशिफलमा के छ ?

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

आज मिति २०८१ जेठ १३ गते आइतबार । सन् २०२४ मे २६ तारिख । नेपाल सम्बत ११४४ बछलागा तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः९ बजे भयो भने सूर्यास्त साँझ ६ः५२ बजे हुनेछ ।



मेष

सामान्य प्रयासबाटै काममा सफलता मिल्ने दिन छ । साथीभाइले काममा सहयोग जुटाउने छन् । वैदेशिक क्षेत्रका अधुरा काम बन्ने छन् । रमाइलो तरिकाले कामहरु गर्न पाइने छ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । साझेदारीको काम बन्ने छ । रसरागमा आकर्षण बढ्ने छ । रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

समय केही चुनौतीपूर्ण छ । आजको निर्णय गलत ठाउँमा पर्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्न पर्ला । कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्छ । कतै वादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसूस होला । तथापि, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हात पर्ला ।

मिथुन

मनमा दुविधा रहन सक्ने दिन छ तर सामाजिक काममा नाम रहने छ । शिक्षा क्षेत्रमा सफलता हासिल होला । ब्यापारबाट सोचे झैँ लाभ हुनेछ तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । सन्तानसुख प्राप्त हुनेछ । आरोग्यता रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रोग र शत्रु परास्त हुने योग छ ।

कर्कट

भौतिक सुख(सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्ने समय छ, यसले मान प्रतिष्ठामा बढोत्तरी हुनेछ । काम बन्नाले मन रमाृउने छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन मान महत्व बढ्ने छन् । रसरागमा आकर्षण रहनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । सुख बढ्ने छ ।

सिंह

परिवारबाट टाढा बस्नु पर्ने समय छ । रमाइलो यात्रा होला । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, सावधान रहनुहोला । साहित्यिक कार्यमा मन जाने छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने योग छ । पराक्रम बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या

आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, खानपानमा सजग रहनुहोला । खर्च नियन्त्रणको लागि विशेष प्रयास गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ ।

तुला

बुद्धिविवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय होला । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्नेछन् । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण रहला ।

बृश्चिक

प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ । कठोर मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ भने रोकिएको काम बन्ने योग छ । सामर्थ्य, आरोग्यता र सुख वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु

सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । मित्रवर्गबाट साथ सहयोग पाइनेछ । केही घरायसी समस्या रहेपनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ट रहनेछ । आयआर्जन राम्रै होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर

नयाँ काम सुरु गर्ने समय छ । तर, अरूको भर पर्दा काममा धोका हुने योग छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । आजको दिन यात्रा भने सुखद नरहला, भरसक टारेकै राम्रो हुनेछ ।

कुम्भ

आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने समय छ । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित होला । काममा लगनशील भएर लागिपर्दा सोचेअनुसार फाइदा हुने छैन । बन्न लागेको काम बिग्रन पनि सक्ने योग छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

दौडधुप बढ्ने छ तर नयाँ काम सुरु गर्ने समय छ । ब्यवसायबाट राम्रै लाभ होला । विशेषतः आर्थिक पक्ष आज सन्तोषजनक रहनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । जोखिमप्रति सचेत रहनुहोला । साझेदारीको काम बन्नेछ । सुखविलास बढ्नुका साथै मिठो भोजन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट