काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको आज फाइनल खेल हुँदै छ ।
यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुने छ ।
कोलकोता समूह चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो ।
कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आईपीएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।
त्यस्तै सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । दोस्रो क्वालिफायरमा सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आईपीएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो ।