उच्च कोलेस्ट्रोलका बिरामीले गल्तिले पनि यी चिज खानु हुँदैन-Sutra News

उच्च कोलेस्ट्रोलका बिरामीले गल्तिले पनि यी चिज खानु हुँदैन

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

आजकल खराब जीवनशैलीले धेरै ठूला रोगहरू निम्त्याइरहेको छ। यीमध्ये एक उच्च कोलेस्ट्रोलको समस्या हो। मानिसहरु तिब्ररुपमा यसको सिकार भइरहेका छन् । यो एक यस्तो रोग हो जसले हृदयघात, बीपी जस्ता अन्य रोगहरु पनि ल्याउँछ ।



यस्तो अवस्थामा बढ्दो कोलेस्ट्रोललाई नियन्त्रण गर्नु निकै जरुरी हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कोलेस्ट्रोल नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सही खाने बानी हो।

आज हामी तपाईलाई कोलेस्ट्रोलका बिरामीका लागि विषाक्त केही खानेकुराको बारेमा बताउनेछौँ, जसको सेवनले शरीरमा कोलेस्ट्रोल खतरनाक स्तरमा पुग्न सक्छ । यस्तो अवस्थामा तपाईले पनि यी चिजहरुको सेवन गर्नुहुन्छ भने तुरुन्तै आहारबाट हटाउनुहोस् ।

खानपानको गलत बानीका कारण धेरै रोगको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उच्च कोलेस्ट्रोल भएका बिरामीले केही चिजको सेवन नगर्नु पर्छ ।

कोलेस्ट्रोलका बिरामीले रक्सी र धुम्रपान छुनै हुँदैन । यदि कोलेस्ट्रोलकाे समस्या उच्च भइरहेकै बखत रक्सी र धुम्रपान सेवन गरेकाे खण्डमा यसले ठूलाे क्षति बनाउन सक्छ ।

कोलेस्टेरोलका बिरामीले गल्तिले पनि रातो मासु खानु हुँदैन । जसले कोलेस्ट्रोलको मात्रा बढाउन भूमिका खेल्छ । जुन स्वास्थ्यका निम्ति निकै हानिकारक छ ।

अर्काेतर्फ, प्रशोधित खानाको सेवनले कोलेस्ट्रोल द्रुत गतिमा बढ्छ। जसका कारण मधुमेहको जोखिम पनि हुन्छ ।

कोलेस्ट्रोलका बिरामीले तेलयुक्त खानेकुरा खानबाट जोगिनुपर्छ । पुरी, कचोरी र समोसा जस्ता चीजहरूले शरीरलाई हानि पुऱ्याउन सक्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट