गृहमन्त्रीलाई विपक्षीको प्रश्न : मुटु छ कि छैन ?-Sutra News

गृहमन्त्रीलाई विपक्षीको प्रश्न : मुटु छ कि छैन ?

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । विपक्षीको नाराबाजीकै बीच सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ ।



विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखिरहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरेर नाराबाजी गरिरहँदा अन्य विपक्षी दलले भने बसेरै विरोध जनाएका छन् ।

यसअघि संसद बैठकमा विशेष समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई “छानबिन समिति बनाउन किन डराएको ?” भन्दै प्रश्न तेस्र्याएका थिए । उनले लामिछानेलाई “मुटु छ कि छैन ?” भनेर प्रश्न गरे ।

“सहकारी पीडितको बास सडकमा भएको छ, मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो, अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू ! मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो ?”, शाहीको प्रश्न छ ।

सत्ता बाहिर हुँदा बेग्लै र सत्तामा हुँदा बेग्लै चरित्र देखाएको भन्दै लामिछानेको आलोचना गरे । विगतमा विपक्षीको बेच्नबाट विभिन्न प्रकरणमा छानबिन समिति बनाउन लिएको अडान किन फेरेको भन्दै शाहीले प्रश्न गरे ।

लामिछानेको फेरिएको चरित्रले नयाँ शक्तिमाथि ठूलो प्रश्न उठाएको शाहीको भनाई छ । “पुरानाले गरेनन् भएनन् भनेर हामी उदायका हौं, हाम्रो पनि यस्तै तालले अघि बढ्दैन, छानबिन समिति बनाएर जनतालाई न्याय दिनुपर्‍यो”, शाहीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट