स्वर्णीम वाग्ले बोल्दा कांग्रेस सांसदहरुको नाराबाजी : सहकारी ठगहरु होसियार !-Sutra News

स्वर्णीम वाग्ले बोल्दा कांग्रेस सांसदहरुको नाराबाजी : सहकारी ठगहरु होसियार !

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा रास्वपाका उपसभापति एवम् सांसद डा. स्वर्णीम वाग्ले बोल्दा नेपाली कांग्रेसका सांसदहरुले आक्रामक नारा लगाएका छन् । वाग्ले बोल्दा कांग्रेसका सांसदहरुले “सहकारी ठगहरु होसियार !” भन्दै आक्रामक नाराबाजी लगाएका हुन् ।



वाग्लेले कांग्रेसको नाराबाजीप्रति खेद व्यक्त गरेका थिए । उनले कांग्रेस संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको योगदानलाई कांग्रेसले तिलाञ्जली दिएको बताएका थिए ।

“यसरी सदनमा प्रस्तुत भएर बोल्न पर्ला भन्ने लागेको थिएन, लोकतान्त्रिक आन्दोलनका धरोहर विश्वेश्वर प्रसाद कोइरालाले स्थापित गरेको मानकलाई यो अवस्थामा पुर्‍याउन, यो लज्जास्पद, यो औचित्यहिन विरोधप्रति मेरो खेद छ”, उनले सम्बोधनका क्रममा भनेका छन्, “संसदको ओज, गरिमा र उपादयेतालाई असान्दर्भिक बनाउने यो कदमप्रति खेद छ । समस्या समाधान उन्मुख हुने होकि खराब नजिर स्थापित गर्ने हो ?”

वाग्लेले विषय बाहिर गएर बोलिरहँदा सभामुख देवराज घिमिरेले पटक–पटक विषय केन्द्रीत हुन आग्रह गरेका थिए । यद्यपि, उनले समय लिएरै कांग्रेसको मागको विरोध गरे ।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । यद्यपि, सत्ता साझेदारले भने लामिछाने केन्द्रीत मागलाई अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट