काठमाडौं । राष्ट्रियसभाको बैठकको समय परिवर्तन गरिएको छ । आइतबार बिहान ११ः३० बजे बस्ने गरी निर्धारण गरिएको बैठक परिवर्तन गरिएको हो ।
बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १ः१० बजे बस्ने गरी बैठकको समय निर्धारण गरेका छन् ।