काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वर्तमान सरकारले सहकारी ठगहरूलाई जोगाउने काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार सहकारी ठगहरूलाई जोगाउन लागिपरेको बताएका हुन् । यस क्रममा उनले भने, ‘सभामुख महोदय, सहकारीमा ठगेर यत्रो मुलुकलाई बर्बाद पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो, गणतन्त्रमाथिको आक्रमण हो ।’
यस्तै, उनले सत्ताधारीको दुदर्शाका कारण आफ्नो पार्टीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्ने जनाए ।