काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको संसद बैठकबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित भएको घोषणा गरेका थिए ।
नीति तथा कार्यक्रममाथि छलफल गर्दा आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने बेल घेराउ नाराबाजी गरेको थियो । कांग्रेसको नाराबाजीलाई वेवास्था सभामुख घिमिरेले संसद बैठक चलाएका थिए ।
नीति तथा कार्यक्रम पारितसँगै संसद बैठक स्थगित भएको छ । आगामी बैठक जेठ १५ गतेका लागि बोलाएका छन् ।