काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो १ बजे सार्वजनिक गर्ने भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक आह्वान गरी जानकारी दिएका हुन् ।
सभामुख घिमिरेले बैठकमा सहभागिता हुन पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न आग्रह गरे । बजेट भाषणपछि दिउँसो ४ बजे पुनः प्रतिनिधिसभाको बैठक बस्ने छ ।