नारायणगढ-मुग्लिन सडकमा पहिरो जाँदा डोजर चालकको मृत्यु-Sutra News

नारायणगढ-मुग्लिन सडकमा पहिरो जाँदा डोजर चालकको मृत्यु

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर लाग्दा एक जना डोजर चालकको मृत्यु भएको छ ।



सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिनमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा क्षति पुगेको छ । अहिले सडक सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट