ज्ञानेन्द्र शाहको शासनभन्दा बढी सत्ता गठबन्धन निरंकुश भयो- गगन थापा-Sutra News

ज्ञानेन्द्र शाहको शासनभन्दा बढी सत्ता गठबन्धन निरंकुश भयो- गगन थापा

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख भएको बताएका छन् ।



नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले सञ्चार माध्यमको विषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख र अनुदारवादी देखिएको बताएका हुन् ।

सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरे । उनले सहकारी प्रकरणमा संसदीय छानविन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस विषयमा संसदबाटै लड्ने बताएका थिए ।

उनले कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको कर्मको जवाफदेही सोही व्यक्ति हुनु पर्ने भए पनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट